वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन | Khabarhub Khabarhub

वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हरित नेपालले देशमा लागेको डढेलो तथा वायु प्रदूषणले जनस्वास्थ्यमा संकट परेको भन्दै शुक्रबार प्रदर्शन गरेको छ।

‘वातावरण मन्त्रालय हराएको सूचना’ सहित प्रदर्शनकारीहरू सिंहदरबारको पश्चिम गेटमा पुगेका थिए । जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरूको माग छ ।

सिहंदरबार अगाडि पुगेका १३ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । देशभर बिहीबार १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागेको थियो । केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ । बुधबारभन्दा बिहीबार कम आगलागी भएको छ । बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो ।

बुधबार २९ जिल्लाको ८४ ठाउँमा वनमा आगलागी भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : १५ बजे

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच

तरबुजाखेतीबाट एक याममा दुई करोडको बिक्री

गण्डकी– पोखरा महानगरपालिकाको सहयोगमा पोखरा– १३ र १४ का किसानलाई

कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘कृषक पाठशाला’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग

गायक जस्टिन बीबरले श्रीमती हेलीसँग किन मागे माफी ?

काठमाडौं – अमेरिकी पप गायक जस्टिन बिबरले आफ्नी श्रीमती हेली

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो ‘कुञ्छाल’ गाउँ

हेटौँडा- तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक