तोरीको उत्पादन बढेपछि किसान खुशी « Khabarhub

तोरीको उत्पादन बढेपछि किसान खुशी


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा तोरी उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।

औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष प्रतिहेक्टर छ क्विन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्विन्टलसम्म उत्पादन भएको छ”, उनले भने, “गत वर्ष तोरीखेती भएको हिउँदे मौसममा अधिक वर्षा हुँदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो । यस वर्ष मौसम अनुकूल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।”

यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखिएको प्रमुख शर्माको भनाइ छ ।

तोरी बाली उत्पादन राम्रो भएपछि यहाँका किसान खुशी भएका छन् । कैलालीको जानकी गाउँपालिकाका किसान सन्देश चौधरीले यस वर्ष १२ क्विन्टल तोरी बिक्री गरे । प्रतिक्विन्टल रु १० हजारका दरले बिक्री गरेका सन्देशले एक लाख २० हजार आम्दानी गरे ।

“चार बिघा जमीनमा तोरीखेती गरेको थिए । तोरी राम्रो उत्पादन भयो”, उनले भने, “घरमा आवश्यक तोरी राखेर बाँकी बिक्री गरे । यस वर्ष तोरीखेतीले सन्तुष्टि दिएको छ ।”

सन्देश जस्तै तोरीखेती गरेका अन्य किसान पनि तोरी उत्पादन र तोरीको बजार मूल्य राम्रो पाएपछि खुशी भएका हुन् । तोरीखेती स्याहारेका अधिकांश किसान त्यही तोरीखेतीमा छरेको मसुरो स्याहार्न थालेका छन् ।

गत वर्ष तोरी उत्पादन कम भएका कारण कैलालीमा तोरीको तेल पाउनसमेत कठिन भएको थियो । कैलालीका मिल सञ्चालकले यस वर्ष तेल बिक्रीका लागि आवश्यक तोरी भण्डारण गरिसकेका छन् ।

“गत वर्ष हामीले तेल बिक्रीका लागि तोरी पाएनौँ, तेल पेलेर बिक्री गर्ने मिलमा कारोबारसमेत भएन । रु २०० प्रतिलिटर बिक्री हुने तेल तोरी अभाव भएपछि रु २५० मा बिक्री गर्दा पनि तेल अभाव भयो”, मिल सञ्चालक रवीन्द्र धामीले भने, “यस वर्ष एक गोदाम तोरी भण्डारण गरेको छु । मेरो त व्यवसाय नै तोरीको तेल बिक्री गर्ने हो । पछि अभाव हुन्छ भन्ने डरले तोरीको भण्डारण बढाएको छु ।”

कैलालीमा २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भरपर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पादन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ ।

“तोरीखेतीको उत्पादकत्व बढाउनका लागि नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोगलेसमेत प्रभाव पार्ने गर्दछ”, उनले भने, “पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवालमा सचेत बन्न थालेका छन् ।”

किसानले लगाउने बालीको उत्पादन हरेक वर्ष घटबढ हुने गरेको हुन्छ । मौसम अनुकूलता, सिँचाइ व्यवस्थापन, मल, बीउलगायतमा तालमेल मिलेमा उत्पादन बढी लिन सकिने कृषि विज्ञको सुझाव छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ३ : २४ बजे

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी