वडा सदस्यले घुस लिएको आरोपमा तालाबन्दी | Khabarhub Khabarhub

वडा सदस्यले घुस लिएको आरोपमा तालाबन्दी


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकामा जनप्रतिनिधिले घुस लिएको आरोपमा नेपाली कांग्रेसले वडा कार्यालयमा ताला लगाइदिएको छ ।

नागरिकता बनाइदिन्छु भनेर वडा नं. २ का वडा सदस्य थानेश्वर गिरीले १० हजार रुपैँया घुस लिएको आरोपमा कांग्रेसले तालाबन्दी गरेको हो ।

स्थानीय भरतप्रसाद थारूका छोराको नागरिकता बनाइदिन उक्त रकम वडा सदस्यले घुस लिएको कांग्रेसको आरोप छ । नेपाली कांग्रेस सैनामैना वडा नं. २ का सभापति तुल्सीप्रसाद घिमिरिले घुस लिने वडा सदस्यलाई कारबाही नभएसम्म ताला नखोल्ने बताए । गिरीविरुद्ध थारू परिवारले यही चैत १५ गते वडा कार्यालयमा निवदेन दर्ता गराएको थियो ।

वडा कार्यालयले उक्त निवेदन बेवास्ता गरेको कांग्रेसको आरोप छ । वडा सदस्य गिरीले शुरूमा २० हजार रुपैँया मागेको र पछि १० हजारमा झरेको भरतप्रसादले बताए ।

भरतप्रसादका अनुसार वडा सदस्य गिरीले नागरिकता बनाउन पैसा लाग्छ भनेका थिए । पैसा नलाग्ने थाहा पाएर आफूले माग्दा नदिएपछि उजुरी गरेको उनको भनाइ छ ।

आरोपित वडा सदस्य गिरीले आफूले घुस नमागेको र नलिएको जिकिर गर्दै आरोप प्रयोजित भएको बताए । वडाध्यक्ष कामदेव भुसालले चाँडै छानविन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  २ : ३७ बजे

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी