राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी वितरणको उद्घाटन « Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी वितरणको उद्घाटन


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् ।

मेलम्चीको पानीसँगै राष्ट्रपति भण्डारीले पानीको फोहोराको पनि उद्घाटन गरेकी छन् ।

शुक्रबार बिहानदेखि बालाजुस्थित रिजरभ्वायरबाट उपभोक्ताका लागि वितरण शुरू गरिएको हो ।

खानेपानी गत आइतबारबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको भएपनि औपचारिक उद्घाटन भने आजमात्र भएको हो ।

शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।

काठमाडौँको मिनभवन, अनामनगर, महांकाल, खुमलटारको पानी ट्यांकीबाट पनि पानी वितरण भएको छ । काठमाडौँ खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईका अनुसार आजदेखि काठमाडौँ उपत्यकामा दैनिक करीब ८ करोड लिटर खानेपानी वितरण हुनेछ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ३ : ०७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी