वाग्मती प्रदेशसभाको बैठक आउँदो मंगलबार बस्ने | Khabarhub Khabarhub

वाग्मती प्रदेशसभाको बैठक आउँदो मंगलबार बस्ने


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते मंगलबार दिनको १ बजे पुनः बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बसेको कार्यपरामर्श समितिको बैठकले सदन बोलाउने निर्णय गरेको जानकारी दिए । उनले पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावसम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताए ।

मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक रहेका सदस्यले चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भएअनुसार वाग्मती प्रदेशसभा सचिवालयमा १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो ।

प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाको ८० सदस्य रहेको भए पनि हालै सर्वोच्च अदालतको फैसलाअनुरुप अहिले सत्तारुढ नेकपा एमालेमा ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रमा २३ र नेपाली कांग्रेस २२ तेस्रो ठूलो दलका रुपमा स्थापित भएको छ ।

यसैगरी साझा विवेकशील दलतर्फ, नेपाल मजदूर किसान पार्टी दुई, राप्रपाको दुई र एक स्वतन्त्र सांसद गरी कूल ११० प्रदेशसभाका सदस्य छन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ५९ बजे

प्रधानमन्त्री भन्छन्- जनताको कुण्डलीमा राजतन्त्र छैन, प्रतिगमनको सपना नदेखे हुन्छ

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्किने कुनै

गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने सरकारको तयारी

काठमाडौं– सरकारले गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने तयारी गरेको

गृहमन्त्री लेखककै नाम जोडिन थालेपछि अध्यागमनबाट नौ नायब सुब्बासहित १४ कर्मचारीको सरूवा

काठमाडौं- भिजिट भिसामा जानेहरूबाट दैनिक ५० लाखदेखि एक करोड रूपैयाँसम्म

सहकारीका सबै शाखा बन्द गर्ने सरकारको कार्ययोजना

काठमाडौं– सरकारले सबै सहकारीको शाखा बन्द गर्नुपर्ने कार्ययोजना अगाडि सारेको

कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु

गलेश्वर– म्याग्दीको बेनी नगरपालिकाले कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थल अर्थात्