जनगणनाको कार्यक्रम सार्वजनिक « Khabarhub

जनगणनाको कार्यक्रम सार्वजनिक


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– सहभागितामूलक तवरले राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न आज रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।

जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, समूह समग्रमा कति छौँ भन्ने उद्देश्यका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनगणनाको समग्र कार्यतालिका आम नागरिकलाई सूचित गराउन स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकाय, पत्रकारसमेतको सहभागितामा कार्यक्रम सार्वजनिक गरिएको हो ।

जनगणना सम्पन्न गर्न ७८ गणक एवम् २१ सुपरभाइजर परिचालन हुने जिल्ला जनगणना अधिकारी कपिल धितालले जानकारी दिए ।

दोहोरोपन हटाउन जुन स्थानमा बसोवास गरेको छ सोही स्थानमा बस्नेको मात्र गणना हुने भएकाले घरघरमा आउने गणकलाई सही रूपको पारिवारिक विवरण दिई राष्ट्रिय जनगणना सफल पार्न समुदायमाझ आग्रह गरिएको बताइन्छ ।

जिल्लास्तरमा गरिएको सचेतना कार्यक्रममा प्रमुख गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जनगणना सफल पार्न आम समुदायको पूर्ण सहयोग मिल्ने र वडास्तरको समितिलाई अग्रसर गराउँदा सही तथ्याङ्क आउने सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जनगणनाबाट जनसङ्ख्याको अवस्था र लैङ्गिक, ज्येष्ठ, बालबालिका एवम् युवा, घरायसी सेवा सुविधाको अवस्था, शैक्षिक, श्रमशक्ति एवम् अपाङ्गता भएका व्यक्तिसमेतको सही तथ्याङ्क आउने भएकाले गाउँघरमा पुग्ने गणकलाई सही विवरण उपलब्ध हुनेमा जिल्ला प्रशासन कार्यालय आशावादी भएको बताए ।

 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : ४४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी