हात्तीपाइले औषधि खुवाउने अभियान शुरु | Khabarhub Khabarhub

हात्तीपाइले औषधि खुवाउने अभियान शुरु


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– हात्तीपाइले विरुद्धको चक्की खुवाउने अभियान शुरु भएको छ ।

जनस्वाथ्य कार्यालय मोरङद्वारा विराटनगरको ट्राफिक चोकमा आज आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरले र कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले सामूहिक रुपमा औषधि खाई अभियानको शुभारम्भ गरेका हुन् ।

ट्राफिक चोकमा रहेको स्वास्थ्य केन्द्रमा औषधि खाने मानिसको उल्लेखनीय सहभागिताले केही समय तछाडमछाडको स्थिति पनि देखिएको थियो । हात्तीपाइले विरुद्धको यो अभियान १०औँ चरणको हो । छैटौँ पटकमा सकिने अभियान सबै मानिसहरुले औषधि नखाँदा यो अभियान लम्बिएको स्वास्थ्य कार्यालयका प्रवक्ता धरनीधर निरौलाले जानकारी दिनुभयो । यसपटक सबै जनाले खाएको सुनिश्चिच नभएसम्म औषधि खुवाउने अभियान जारी रहने र सम्भवतः चैत मसान्तसम्ममा सबै नागरिकलाई औषधि सेवन गराइसक्ने प्रवक्ता निरौलाले बताए ।

दुई वर्षदेखि पाँच वर्षकाले एक चक्की, छ देखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्कीसहित जुकाको एक चक्की खानु पर्ने र यो रोगको सङ्क्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुःखने र रिङ्गटाले लक्षण देखिने प्रवक्ता निरौलाले भने ।

उनका अनुसार मोरङमा नौ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । मोरङको मझारे, दादरबैरिया र जहदामा अझै पनि हात्तीपाइले रोगी भेट्टिएको बताइएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुनिएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोग हो भनिएको छ ।

प्रदेशमा १४ जिल्ला रहे पनि यो औषधि मोरङ, धनकुटा र झापामा पनि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागार्इँका अनुसार यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो भने जनस्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्थानीय तहले आफ्ना सुविधानुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : १४ बजे

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक : लिङ्देन

सुदूरपश्चिम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

मुगु – हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज