प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जक पुरस्कृत | Khabarhub Khabarhub

प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जक पुरस्कृत


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगिताका विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरेका छन् ।

सैनिक–जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उनहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका हुन् ।

विभिन्न कालखण्डका तस्बिर इतिहासका जिवन्त अभिलेख हुने भएकाले सेनाले तस्बिर सङ्कलन र तीनको सुरक्षित गर्ने उद्देश्यले श्रव्यदृश्य अर्काइभ केन्द्र स्थापना गरेको छ । सेनाका विभिन्न संरचना तथा सकलदर्जासँग रहेका सैनिक गतिविधिसँग सम्बन्धित सङ्कलन गर्ने महत्वपूर्ण कडीका रुपमा प्रतियोगीता सञ्चालन गरेको बताएको छ ।

समारोहमा लेख रचनातर्फ महासेनानी विमलराज शर्मा प्रथम, ठाकुरप्रसाद बराल द्वितीय र अवकाश प्राप्त सहायकरथी धर्मबहादुर बानियाँ तृतीय घोषित भए । उनीहरुका लेखलाई क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार प्रदान गरियो ।

सैनिक फोटो प्रतियोगीतामा भैरवनाथ गणले पहिलो र तेस्रो स्थान प्राप्त गर्‍यो भने द्वितीय पुरस्कार भने श्रीजंगणले जित्न सफल भयो । समारोहमा व्यवसायिक फोटोतर्फ श्रव्यदृश्य तथा समारोह महाशाखाका राजीव हेङ्गजुको तस्वीरलाई वर्षको उत्कृष्ट घोषित गरियो । उक्त तस्वीरका लागि सर्जकलाई रु १५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । उक्त विधामा सान्त्वनातर्फ छनोट भएका २२ जनालाई जनही रु १०/रु १० हजार प्रदान गरिने सेनाले जनाएको छ । सेनाले पहिलो पटक यसप्रकारको फोटो प्रतियोगिता आयोजना गरेको हो ।

समारोहमा प्रधानसेनापति थापाले फोटो प्रतियोगिता मूल्याङ्कन समितिका फोटो पत्रकार प्रदीपराज वन्त, किशोर शर्मा र महासेनानी ईश्वरकुमार श्रेष्ठलाई नगद र कदरपत्र प्रदान गरे । लेख रचना मूल्याङ्कन समितिका प्राध्यापक कमलसिंह राठौर, प्राडा ध्रुवकुमार कार्की, रवीन्द्र खनाल र महासेनानी पद्मबहादुर बुढालाई पनि नगद पुरस्कार र कदरपत्र प्रदान गरियो ।

यसअघि समारोहमा फोटो मूल्याङ्कन समितिका फोटो पत्रकार वन्तले अप्रेशन कार्य, तालिम, खेलकुद, नागरिक सैनिक सम्बन्ध, समारोह र विविध गरी ६ विधामा आधारित रही तस्वीर छनोट गरिएको जानकारी दिए । प्रतियोगितामा विभिन्न विधामा प्राप्त करिब दुई हजार ४०० फोटामध्ये ३०० वटा तस्वीर छनोट गरी बोर्डमा पेश गरिएकामा अन्तिम प्रतिस्पर्धाका लागि २५ वटा छनोट गरिएको थियो ।

सोही २५ मध्येबाट पहिला, दोस्रा र तेस्रा तस्वीर छनोट गरिएको उनले जानकारी दिए । लेखरचना छनोट समितिका सदस्य रवीन्द्र खनालले पाँच जनाको समितिले ६ विधामा प्राप्त लेख रचना अनुसन्धानसहितको पाटोबाट अध्ययन र विश्लेषण गरी उत्कृष्ट लेख छनोट गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : १५ बजे

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ– कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी

भोजपुरको चखेवा–पाँचधारे सडक स्तरोन्नति

भोजपुर– बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको