अफ्रिकाविरूद्धको क्रिकेट सिरिजमा पाकिस्तानलाई एक शुन्यको अग्रता | Khabarhub Khabarhub

अफ्रिकाविरूद्धको क्रिकेट सिरिजमा पाकिस्तानलाई एक शुन्यको अग्रता


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा एक शुन्यको अग्रता लिएको छ ।

सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै सिरिजमा एक शुन्यको अग्रता लिएको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनको यो १३औँ एकदिवसीय शतक हो ।

इमाम उल हकले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद रिजवानले ४० रन बनाए । शादब खान ३३ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । एडिलेको नाममा २ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले ।

डेभिड मिल्लरले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिलेले २९ रन बनाए । क्विन्टन डी कक २० रनमा आउट हुँदा एडिन मार्क्रम १९ रनमा आउट भए । कागिसो राबडा १३ रनमा अविजित रहे ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ४५ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण