कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू « Khabarhub

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा भाग नलिन अपिल गरेका छन्।

सभापति गगन थापा नेतृत्वमा नेपाली कांग्रेसले यही असोज १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने गरि पन्ध्रौँ महाशिवेश तीव्र पारिरहहेका बेला देउवाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्नुपर्ने बताएका हुन्।

तर उनले इतर पक्षले आगामी मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशनकै गर्न लागिएको भेलाको तयारीमा जुट्न नेता-कार्यकर्तालाई अपिल गरेका हुन्। देउवाको यस अपिलले कांग्रेस दुई चिरा हुने निश्चित भएको छ।

बुधबार अपिल जारी गर्दै देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन्।

उनले पार्टी निर्माणमा लामो समयदेखि योगदान गरेका नेता तथा बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास नेपाली कांग्रेसको हितमा हुन नसक्ने बताएका छन्।

विशेष महाधिवेशन पक्षधर नेतृत्वले गरेको लोकप्रियताको दाबीलाई प्रतिनिधिसभा निर्वाचनको परिणामले समेत असत्य सावित गरिसकेको देउवाको दाबी छ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान तथा कानुनी र संवैधानिक सिद्धान्तविपरीत हुने उनले बताएका छन्।

‘सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भले यस विषयमा गम्भीर संवैधानिक र कानुनी प्रश्न रहेको स्पष्ट पार्छ,’ देउवाले भनेका छन्।

गगनलाई विशेष महाधिवेशन पक्षधरहरूको संज्ञा दिँदै सहमतिको सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना पन्ध्रौँ महाधिवेशन अघि बढाउनु कांग्रेसलाई कमजोर बनाउने गतिविधि भएको उनको आरोप छ।

त्यसैले उनले त्यस्तो समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

देउवाले आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको पनि बताएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको उनले बताएका छन्।

‘अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन,’ देउवाले भनेका छन्।

पार्टीको विधान र संविधानअनुसार महाधिवेशन गर्न पर्याप्त समय बाँकी रहेको भन्दै उनले हतारमा विशेष महाधिवेशन गरेर पार्टीलाई कमजोर वा विभाजित गर्ने प्रयास भए आफू मुकदर्शक भएर नबस्ने चेतावनीसमेत दिएका छन्।

अपिलको सुरुवातमा देउवाले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी तथा उद्धारलाई निरन्तरता दिन आग्रह गरेका छन्। प्राकृतिक विपत्तिको यो कठिन घडीमा राजनीतिक, धार्मिक तथा भौगोलिक विभेद नगरी खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा एकजुट हुन उनले सबै नेपालीलाई आह्वान गरेका छन्।

साथै, विगत ३५ वर्षमा नेपालले हासिल गरेको विकास र राजनीतिक उपलब्धिको वस्तुगत समीक्षा गर्नुपर्ने भन्दै उनले कांग्रेस, एमाले, माओवादी लगायत दलले केही गरेनन् भन्ने आलोचनाको जवाफ तुलनात्मक अध्ययनबाट खोज्न आग्रह गरेका छन्।

देउवाले उपलब्धिमै सन्तुष्ट भएर बस्न नहुने उल्लेख गर्दै सुशासन, रोजगारी, आर्थिक समृद्धि र राज्यप्रति नागरिकको विश्वास बढाउन नयाँ सोच, ऊर्जा र प्रतिबद्धतासहित अघि बढ्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ५ : ३२ बजे

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका