भारतमा दैनिक संक्रमण वृद्धिमा रेकर्ड, थप ८९ हजार संक्रमित « Khabarhub

भारतमा दैनिक संक्रमण वृद्धिमा रेकर्ड, थप ८९ हजार संक्रमित


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा थप ८९ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि (शुक्रबार) चैत्र २० मा भारतमा यो वर्षको दोस्रो धेरै ८१ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख ९१ हजार १२९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख ६७ हजार ६० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ५९ हजार ९२८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६४ हजार १४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७१३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ७ : ०१ बजे

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि