मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले कोटेश्वरको भाटभटेनीबाट पुस १४ मा हराएको मोटरसाइकल नम्बर परिवर्तन गरी साँखुमा चलाइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

उक्त मोटरसाइकल ललितपुरका सुजित महर्जनको भएको र उक्त मोटरसाइकलको वास्तविक नम्बर बा९१प १२२१ भएको महाशाखाले जनाएको छ । मोबाइलका धनी महर्जनले दिएको निवेदनका आधारमा महाशाखाले उक्त मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएको व्यक्ति र मोटरसाइकलबारे थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना सङ्कलन एवं निगरानी राखी विशेष कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ३० बजे

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै