सरकार बनाउन अग्रसर हुने कांग्रेस निर्णय आत्मघाती : कमल थापा « Khabarhub

सरकार बनाउन अग्रसर हुने कांग्रेस निर्णय आत्मघाती : कमल थापा


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयलाई राप्रपाका अध्यक्ष कमल थापाले ‘आत्मघाती’ को संज्ञा दिएका छन् ।

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी थाल्ने निर्णय गरेकोमा उनले त्यसको आलोचना गरेका हुन् ।

वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव नै भएको थापाले ट्वीटमा लेखेका छन् ।

‘वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसँथ अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कांग्रेसको पछिल्लो चाहना/निर्णय आत्मघाती हुनेछ।’

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : ३५ बजे

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा