क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म पुर्‍याउने कांग्रेसको निर्णय | Khabarhub Khabarhub

क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म पुर्‍याउने कांग्रेसको निर्णय


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको थियो ।

केही जिल्लाको सदस्यता वितरण र नवीकरणको काम बाँकी रहेकाले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले थप समय मागेपछि बैठकले चैत मसान्तसम्मको समय बढाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारी दिए ।

शुक्रबार दिउँसो २ बजेका लागि तय भएको बैठक राति ८ बजे मात्र बसेको थियो । बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य पदाधिकारीबीच अनौपचारिक रुपमा झण्डै छ घण्टा पार्टी कार्यालयमै छलफल भएको थियो ।

पार्टी प्रवक्ता शर्माले प्रतिनिधिसभाको पुनःस्थापनापछि पनि प्रधानमन्त्री ओलीले पद त्याग गरेर मार्ग प्रसस्त नगरेपछि कांग्रेस राजीनामा माग्ने निर्णयमा पुगेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : ५० बजे

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको

जो बने संसारकै आदर्श पुरुष

औपचारिक परिचय दक्षिण अफ्रिकाको पहिलो जननिर्वाचित राष्ट्रपति हो। तीनै नेल्सन