कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ : डा. भट्टराई | Khabarhub Khabarhub

कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ : डा. भट्टराई


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेपाली कांग्रेसले गरेको निर्णय सराहनीय भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै अरु प्रतिपक्षी दललाई पनि आफ्नो कर्तव्य नभुल्न आग्रह गरेका छन् । ‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ,’ उनले लेखेका छन्, ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’

दलले आफ्ना एजेण्डाभन्दा माथि देश, जनता र लोकतन्त्रको आवस्यकतालाई प्राथमिकता दिनुपर्ने भन्दै आजको मुख्य प्राथमिकता ओलीको विदाइ नै भएको ठहर गरेका छन् । उनले लेखेका छन्, ‘आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’

कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै अगुवाइमा नयाँ सरकारका बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ०५ बजे

ग्रिजम्यानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं – मस्कोमा भएको फाइनल खेलमा क्रोएसियालाई ४-२ ले हराउँदै

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प

बागलुङ– बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध रहेका छन्

नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

वाशिङ्टन डिसी– नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन

हेलेन आँधीमा परेर अमेरिकामा १२८ जनाको मृत्यु

क्यारोलिना – अमेरिकामा हेलेन आँधीका कारण मर्नेको सङ्ख्या १२८ नाघेको

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ । आज