भारतमा माओवादी र सुरक्षाकर्मीबीचको मुठभेडमा पाँच जवानको मृत्यु « Khabarhub

भारतमा माओवादी र सुरक्षाकर्मीबीचको मुठभेडमा पाँच जवानको मृत्यु


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको छत्तीसगढमा बिद्रोही माओवादीसँग भएको मुठभेडमा पाँच प्रहरी जवानको मृत्यु भएको छ । मुठभेडमा कैयौं घाइते भएका छन् ।

मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड शुरू भएको हो ।

अभियानमा केन्द्रीय रिर्जव पुलिस बलको कमाण्डो, बटालियन फर रिजोलुसन एक्सन युनिट, जिल्ला रिर्जव गार्ड र स्पेशल टास्क फोर्सको जवान पनि सहभागी थिए ।

माओवादी र सुरक्षाकर्मीबीचको मुठभेड तीन घण्टासम्म चलेको समाचारमा जनाइएको छ ।

यस अघि गत २३ मार्चमा माओवादी विद्रोहीले नारायणपुर जिल्लामा सर्च अपरेसनबाट फर्कदै गरेका प्रहरी जवान सवार बसलाई लक्षित गरी बारुदी सुरूङ विष्फोट गराउँदा पाँच जवान मारिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ३१ बजे

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि,

स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा

जब तीन सवारी एकआपसमा ठोक्किए…

दोलखा– लामोसाघु-जिरी सडक खण्डअन्तर्गत पर्ने वैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजारमा

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?

काठमाडौं– कुख्यात रोमन सम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको