समृद्धिका लागि श्रमिकको जीवनमा सुधार हुनुपर्छ- श्रममन्त्री विष्ट « Khabarhub

समृद्धिका लागि श्रमिकको जीवनमा सुधार हुनुपर्छ- श्रममन्त्री विष्ट


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समृद्धिका लागि श्रमिकको जीवनमा गुणात्मक सुधार ल्याउनुपर्ने बताएका छन् । विश्व श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री विष्टले राष्ट्रिय समृद्धिलाई दिगो बनाउन पनि श्रमिकको अधिकार स्थापित गर्नुपर्ने बताए ।

दिवसको अवसरमा मन्त्री विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘लामो समयको राजनीतिक आन्दोलनको आरोहअवरोह पार गरी नेपाल अहिले राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ । राजनीतिक रूपान्तरणको यस चरणसम्म आइपुग्न इतिहासको विभिन्न कालखण्डमा श्रमिकहरूले पुर्‍याएको योगदान अतुलनीय छ। आजको यस ऐतिहासिक दिनमा उक्त योगदानलाई उच्च मूल्यांकनका साथ विशेष रुपमा स्मरण गर्न चाहन्छु।’

संविधानमा उल्लिखित श्रमिकका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनको लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवम् प्रक्रियागत सुधार थालेको पनि मन्त्री विष्टले बताए । उनले भने, ‘सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गरेको छ । श्रमको सम्मानलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाइएको छ । श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजनाहरु आरम्भ गर्नुका साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको श्रृजना गरी रोजगारीको लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उद्‍घोष गरिएको छ।’

श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउन प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका नवीन कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएको पनि मन्त्री विष्टले बताए ।

श्रमिकहरूलाई वर्तमानमा उनीहरुको आत्मसम्मान तथा भविष्यप्रति आशावादी हुने अवस्थाको श्रृजना गर्न सकिएमा मात्र श्रमको उत्पादकत्व वृद्धि हुन सक्ने भन्दै उनले भने, ‘यसतर्फ तीनै पक्षहरू- सरकार, रोजगारदाता र श्रमिकहरुले एकआपसमा हातेमालो गर्दै सबै किसिमको कामप्रति सम्मान गर्ने संस्कृति विकास गर्न श्रम दिवसले थप प्रेरणा दिने विश्वास मैंले लिएको छु ।’

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : ३० बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली