प्रदूषण कम भएपछि आजदेखि विद्यालय सञ्चालन हुँदै « Khabarhub

प्रदूषण कम भएपछि आजदेखि विद्यालय सञ्चालन हुँदै


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वायु प्रदूषण कम भएपछि आजदेखि सबै विद्यालय सञ्चालन हुँदैछन् ।

वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गराएको थियो ।

वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भोलिपल्टै काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा वर्षा भएको तथा कतिपय ठाउँको डढेलो नियन्त्रणमा आएपछि प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ७ : ४५ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस