माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

‘ समर्थन फिर्तासँगै अविश्वासको प्रस्तावलाई पनि कसरी मुभ गराउने भन्ने प्राविधिक पक्षबारे पनि आज छलफल गर्छौँ, यसबारे कांग्रेस र जसपासँग भएको अनौपचारिक समझदारीबारे अध्यक्ष प्रचण्डले जानकारी गराउँनु हुनेछ,’ साहले खबरहबसँग भने ।

कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्र समर्थन फिर्ताको तयारीमा पुगेको हो ।

केन्द्रका अध्यक्ष दाहालले शनिबार नै कपिलवस्तुमा आयोजित एक कार्यक्रमा राजनीतिले ‘कोल्टे फेरेको’ र केही दिनभित्रै नयाँ सरकार बनाउने अभिव्यक्ति दिएका थिए ।

शनिबार नै समर्थन फिर्ता लिए तत्कालै राजीनामा दिने प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि ओली इतरका राजनीतिक दल ओलीलाई अविश्वासको प्रस्ताव लगेर संसदमा फेस गर्न बाध्य पार्ने रणनीतिमा छन् ।

तर, अविश्वासको प्रस्ताव अघि बढाएमा ओलीले राजीनामा दिने वा त्यसअघि नै संसद अधिवेशन अन्त्य गर्न सक्ने विकल्प रहेको बताइन्छ । ओलीले राजीनामा संविधानको धारा ७६ मा भएका विभिन्न विकल्पहरूको सरकार बन्ने बाटो खुल्ला हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : १५ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।