विप्लव समूहका गतिविधि रोक्न थबाङमा सुरक्षा समिति बैठक | Khabarhub Khabarhub

विप्लव समूहका गतिविधि रोक्न थबाङमा सुरक्षा समिति बैठक


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– सरकारद्वारा प्रतिवन्धित विप्लव समूहको गतिविधि रोक्न रोल्पा, रुकुमपूर्व, बाग्लुङ र रुकुम पश्चिम ४ जिल्लाको जिल्ला सुरक्षा समितिको बैठक रोल्पाको थबाङमा सम्पन्न भएको छ ।

बैठकलेसुरक्षा निकायहरुले समन्वय गरी सूचना आदान प्रदान गर्दै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए ।

सुरक्षा चुनौतिका हिसाबले अति सम्वेदनशील मानिएका यी जिल्लामा विप्लव समूहको गतिविधि बुझेर सुरक्षा चुनौती विश्लेषण गर्न ४ जिल्लाको सुरक्षा समिति बैठक थबाङमा बसेको हो ।

साथै बैठकले क्षेत्रमा जुनसुकै विपत् आएमा पनि तत्काल आफ्नो क्षेत्रबाट परिचालिन हुने र जिल्लाको सबै सुरक्षा निकायसँग समन्वय गरी उद्दार तथा सहयोग गर्ने बताइएको छ ।

बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ९ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र