विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिऔँ : मुख्यमन्त्री भट्ट | Khabarhub Khabarhub

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिऔँ : मुख्यमन्त्री भट्ट


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए ।

“पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ”, मुख्यमन्त्री भट्टले भने, “प्रदेश सरकार यो कुरामा सजग छ  र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।”

उनले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ११ : १५ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ