‘राज्यको नीति पर्यटन मैत्री हुनुपर्छ’ « Khabarhub

‘राज्यको नीति पर्यटन मैत्री हुनुपर्छ’


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी २ दिने तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको पर्यटन विकासमा साना तथा मझौला होटलहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई माथि उठाउन राज्यका नीति पर्यटन मैत्री हुनुपर्ने बताए । उनले समय अनुरुप होटलहरूले क्षमता अभिवृद्धि गर्न व्यवसायीलाई सुझाव दिए ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले कोभिडको समयमा साना तथा मझौला होटलहरूले क्वारेन्टाइन व्यवस्थापन लगायतमा राज्यलाई ठूलो सहयोग गरको बताउँदै बदलिँदो परस्थिति अनुरुप होटल व्यवसायीहरुले आफ्नो क्षमता अभिवृद्धि गर्दै जानु पर्ने बताए ।

उनले व्यवसायीहरुकै क्षमता अभिवृद्धिका लागि बोर्डले यस प्रकारका तालिमहरुमा सहकार्य गरेको जानकारी दिँदै आउँदा दिनमा यस प्रकारका तालिमलाई सातै प्रदेशमा विस्तार गरिने बताए ।

होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले राज्यका नीति साना व्यवसाय मैत्री बन्न नसकेको गुनासो गर्दै देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेका साना तथा मझौला होटहलहरुको क्षमता अभिवृद्धिका लागि राज्यले थप सहयोग गर्नुपर्ने बताए ।

महासंघकमा अध्यक्ष हिराध्वज शाहले देशभरी करिब ८१ हजार साना तथा मझौला होटलहरु रहेको र करिब ६ लाख रोजगारी सिर्जना गरेको उल्लेख गर्दै कोभिडले थलिएका साना व्यवसायीहरुले राहत पाउन नसकेको गुनासो गरे ।

उनले आफुहरू होटलको गुणस्तर तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका तयार रहको र राज्यले समेत त्यसका लागि सहयोग गर्नुपर्ने बताए ।

महासंघका महासचिव बिरमञ्जन बटालालले व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सके गुणस्तरमा सुधार आउने बताउँदै यस्ता तालिमलाई देशैभरी लैजानु पर्ने बताए ।

तालिममा ७७ जिल्लाबाट १ सय २० जना व्यवसायीहरु सहभागी रहेको र यस प्रकारका तालिमलाई विस्तारै प्रदेश र जिल्ला तहमा पनि लैजाने योजना रहको महासंघका सचिव शंकर भण्डारीले जानकारी दिए ।

सहभागीलाई पर्यटन मन्त्रालयका सहसचिव प्रदिपकुमार कोईराला, पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरे, पर्यटन विज्ञ सूर्यकिरण श्रेष्ठ लगायतले तालिम दिने सचिव भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ११ : ३४ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार