भारतमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु « Khabarhub

भारतमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ ।

४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अपरेसन चलाएका थिए । त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए ।

त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो ।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ । तर घटनास्थलमा एक महिलाको मात्रै लाश भेटिएको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ३ : ०५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज