तेस्रो खेलमा पनि हार्यो नेपाली यु–१९ महिला टोली « Khabarhub

तेस्रो खेलमा पनि हार्यो नेपाली यु–१९ महिला टोली


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलको अन्तिम खेलमा नेपाल आयोजक म्यानमारसँग पराजित भएको छ । मंगलबार बेलुकी भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

अन्तिम खेलमा समेत हार व्यहोरेपछि नेपाल अंक तालिकामा खाता खोल्न नपाउँदै घर फर्किएको छ । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा खेलमा शुरुवाती अग्रता लिएको नेपालले आफ्नो अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो ।

खेलको ३९ औ मिनेटमा मनिषा राउतले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् । प्रिति राईमाथि म्यानमारका खेलाडीले पाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

राईमाथि फाउल गर्ने म्यानमारकी या ओले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । तर, खेलको ४७ औं मिनेटमा म्यानमारकी सान थावले गोल गर्दै म्यानमारलाई खेलमा फर्काएकी थिईन् । त्यसपछि मे फु कोले गोल गर्दै म्यानमारलाई २–१ को अग्रता दिलाइन् भने उनकै गोल नेपालविरुद्ध जीत दिलायो ।

पहिलो खेलमा अष्ट्रेलियासंग ११–१ गोल अन्तरले हारेको नेपालले दोस्रो खेल उज्वेकिस्तानसँग ४–० ले गुमाएको थियो । अस्ट्रेलिया र म्यानमारले थाइल्याण्डमा आयोजना हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपमा स्थान पक्का गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ४९ बजे

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले