तेस्रो खेलमा पनि हार्यो नेपाली यु–१९ महिला टोली | Khabarhub Khabarhub

तेस्रो खेलमा पनि हार्यो नेपाली यु–१९ महिला टोली


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलको अन्तिम खेलमा नेपाल आयोजक म्यानमारसँग पराजित भएको छ । मंगलबार बेलुकी भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

अन्तिम खेलमा समेत हार व्यहोरेपछि नेपाल अंक तालिकामा खाता खोल्न नपाउँदै घर फर्किएको छ । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा खेलमा शुरुवाती अग्रता लिएको नेपालले आफ्नो अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो ।

खेलको ३९ औ मिनेटमा मनिषा राउतले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् । प्रिति राईमाथि म्यानमारका खेलाडीले पाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

राईमाथि फाउल गर्ने म्यानमारकी या ओले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । तर, खेलको ४७ औं मिनेटमा म्यानमारकी सान थावले गोल गर्दै म्यानमारलाई खेलमा फर्काएकी थिईन् । त्यसपछि मे फु कोले गोल गर्दै म्यानमारलाई २–१ को अग्रता दिलाइन् भने उनकै गोल नेपालविरुद्ध जीत दिलायो ।

पहिलो खेलमा अष्ट्रेलियासंग ११–१ गोल अन्तरले हारेको नेपालले दोस्रो खेल उज्वेकिस्तानसँग ४–० ले गुमाएको थियो । अस्ट्रेलिया र म्यानमारले थाइल्याण्डमा आयोजना हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपमा स्थान पक्का गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ४९ बजे

प्रधानमन्त्री ओलीले भने : अनलाइनबाट काम गर्ने, टाइमलान तोकेर नतिजा खोज्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आएको एक वर्ष नपुग्दै

भानु जयन्ती : एक लाख पुरस्कार राशीको ‘शान्ति साहित्य सभा’ को स्थापना 

काठमाडौं– भानु जयन्तीको अवसरमा एक लाख पुरस्कार राशीको ‘शान्ति साहित्य

पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहा गर्न माग

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रहरीले

आहा ! ढोरपाटन

ढोरपाटन– यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता,

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल