सेनालाई प्राप्त खोप प्राथमिकताका आधारमा लगाउन थालियो « Khabarhub

सेनालाई प्राप्त खोप प्राथमिकताका आधारमा लगाउन थालियो


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई प्राप्त भएको कोभिडविरुद्ध खोप हिताधिकारीलाई प्राथमिकता आधारमा लगाउन थालिएको बताएका छन् ।

मकवानपुरको हेटौँडास्थित श्री मध्य पृतनामा प्रदेशस्तरीय भूपू सैनिक सम्मेलन–२०७७ मा उनले सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई आजैदेखि खोप प्रदान गर्ने कार्यको शुरुआत भएको जानकारी दिए ।

सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा वाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ उक्त सम्मेलन आयोजना भएको थियो ।

सो अवसरमा प्राथमिकताका आधारमा १८ जना हिताधिकारीलाई कोभिड–१९ को खोपसमेत प्रदान गरिएको थियो । सम्मेलनमा वाग्मती प्रदेश आठ जिल्लामा बसोबास गर्ने सात हजार ४३६ नेपाली सेनाका भूतपूर्वसैनिक तथा परिवारजनको सहभागिता थियो ।

प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरे ।

अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशीने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसर सिर्जना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधिहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताएका थिए ।

कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका–३ पालुङ्ग, मकवानपुर निवासी ९८ वर्षीय पुरानो गोरख गणबाट अवकाश प्राप्त सुवेदार गजेन्द्रबहादुर कार्की, शम्शेर दल गणबाट अवकाश प्राप्त स्व सिपाही नन्दप्रसाद पाल्याको श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका निवासी राजकुमार आचार्य लगायतलाई सम्मान गरिएको थियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने आमा÷बुबालाई सम्मान गरिएको थियो ।

फरक क्षमता भएका तथा अशक्त ४९ जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरिनाका साथै लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ७ : ०२ बजे

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाडौं– कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले