ओलीले ‘गुट भेला गरेर गुण्डाहरु भर्ती गरेको’ नेता खनालको आरोप « Khabarhub

ओलीले ‘गुट भेला गरेर गुण्डाहरु भर्ती गरेको’ नेता खनालको आरोप


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गुट भेला गरेर ‘गुण्डाहरूलाई पार्टीमा भर्ती’ गरेको आरोप लगाएका छन्।

आइतबार काठमाडौं जिल्लास्तरीय भेलामा सम्बोधन गर्दै उनले ओलीको गुटबन्दीकै कारण पार्टी यो अवस्थामा पुगेको दाबी गरे ।

‘ओलीले बालुवाटारमा गुटको भेला गरेर गुण्डाहरूलाई पार्टीमा भर्ती गर्न थाले, पुँजीपतिलाई केन्द्रीय सदस्य वितरण गरे,’ उनले भने, ‘नयाँ ढंगले अगाडि जान खोज्दा ओलीले आलटाल मात्र गरिरहे ।’

सम्बोधनकै क्रममा उनले ओलीले दुईतिहाइ बहुमत सहन नसकेको समेत आरोप लगाए । उनले दक्षिणपन्थी अवसरवादीको कारणले पार्टीभित्र समस्या भएको समेत बताए ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलन एकता गर्ने प्रस्ताव सहमति गरेका थियौँ। ओलीले भित्रभित्रै अनेक सम्झौता गरेका रहेछन्। विचार र कार्यक्रमअनुसार अगाडि ल्याएनन्।’

ओली जहिले पनि कसरी सत्तामा पुग्ने र कसरी पद हासिल गर्ने भन्नेतिर मात्र एकोहोरो भएर लागेको आरोप लगाए।

उनले ओली र उनको समूहलाई दक्षिणपन्थी अवसरवादबाट निर्देशित भएको उल्लेख गर्दै आफ्नो समूह भने समाजवादको लक्ष्यसम्म पुग्न दृढ संकल्पित रहेको दाबी गरे।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : ०० बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन