साना उद्यमीलाई विकास बैंकले सरल कर्जा दिने | Khabarhub Khabarhub

साना उद्यमीलाई विकास बैंकले सरल कर्जा दिने


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यममा वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएशनका प्रथम उपाध्यक्ष प्रद्युम्न पोखरेलको उपस्थितिमा आज समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालबीच हस्ताक्षर भएको हो ।

समझदारीअनुसार एसोसिएशनका सदस्य विकास बैंकलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको मागअनुसार सरल एवम् सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया सहज गरिनेछ ।

यस्तै, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्न सहजीकरण गरिनेछ ।

कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालीमको व्यवस्था मिलाइने समझदारीमा समावेश छ । कार्यक्रममा महासंघका उपाध्यक्ष श्रेष्ठले साना तथा मझौला व्यवसायले विशेषगरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

मुलुकभित्र कूल रोजगारीमा करीब ९५ प्रतिशत योगदान सो क्षेत्रकै भएकाले यो समझदारीले विशेष सहयोग पुग्ने बताउनुभयो । डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले समझदारी गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ४४ बजे

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

ग्योङ्जु – एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो

सर्लाहीमा झरीका कारण धानबालीमा क्षति

बरहथवा– बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

चितवन– घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ ।

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

फिक्कल– बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द