सरकार र मानवअधिकार आयोगको चर्काचर्की, विधेयक हुबहु पारित भए देशकै प्रतिष्ठा गुम्ने ! « Khabarhub

सरकार र मानवअधिकार आयोगको चर्काचर्की, विधेयक हुबहु पारित भए देशकै प्रतिष्ठा गुम्ने !


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्षेत्र र अधिकार संकुचित पार्ने गरी ल्याइएको विधेयक मस्यौदाबारे मंगलबार संसदीय समितिमा विभागीय मन्त्री र आयोगका अध्यक्षबीच चर्काचर्की बहस भएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले प्रस्तावित विधेयकप्रति असन्तुष्टि प्रकट गर्दागर्दै पनि कानूनमन्त्री भानुभक्त ढकालले प्रस्तावित विधेयकलाई अघि बढाउने जानकारी कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा दिएको कान्तिपुर दैनिकमा खबर छ ।

यो विषयमा चर्चाकर्ची हुँदा शर्माले संशोधन विधेयक हुबहु पारित गराए नेपालको प्रतिष्ठा गुम्ने भन्दै नतिजा सरकारले नै भोग्नुपर्ने बताएका थिए । कानूनमन्त्री ढकालले भने जसरी पनि विधेयक पारित हुने भन्दै यो विधेयक फिर्ता नहुने बताए । उनले माइतीघरको प्रदर्शन र रिटायर्ड न्यायाधीशहरुले भनेकै आधारमा कानून नबने बताए ।

त्यस्तै प्रधानमन्त्रीले पौडेलले जग्गा हडपेको होइन भनेर दिएको अभिव्यक्तिलाई पनि पत्रिकाले मुख्य समाचारका रुपमा छापेको छ ।
प्रदेश २ मा नेकपा फोरम समीकरण प्रयास शीर्षकको समाचारमा प्रदेश २ मा पनि सत्ता समिकरणका लागि नेकपाले पहल थालेको खबरलाई छापिएको छ ।
त्यस्तै आज मजदुर दिवसमा ‘न न्यूनतम, न सामाजिक सुरक्षा’ शीर्षकमा पत्रिकाले समाचार छापेको छ । मजदुरको अवस्था अहिलेपनि उस्तै रहेको ज्यालाबिनै कामगर्न मजदूर बाध्य भएको समाचारलाई पत्रिकाले प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : १७ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात