घाइतेको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग « Khabarhub

घाइतेको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते ‘ध्रबे’ नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको उपचारमा सहयोग गरेका छन् ।

हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उनले व्यक्तिगत तर्फबाट एक लाख उपचार खर्च प्रदान गरेका हुन् ।

श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।

उनले भने, “गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि रु एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।”

सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका छन् ।

यसैगरी मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : २० बजे

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको