पर्यटन प्रवर्द्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन–चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा सुरु गरेका छन् ।

समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथासम्म’भन्ने मूल नाराका साथ जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म आरोहणका लागि यात्रा सुरु गरेका हुन् ।

जिल्लाका विभिन्न पर्यटकीयस्थल अङ्कित लोगो फहराउने उद्देश्यका साथ शनिबारदेखि यात्रा सुरु गरिएको गुरुङले बताए । उनले जिल्लाको एकमात्र गाउँपालिकामा रहेको अग्लो भूमिबाट सुरु गरिएको यात्राले विशेष गरी गाउँपालिका र यहाँ रहेका पर्यटन क्षेत्रको प्रचारप्रसार हुने जानकारी दिए ।

सामुद्रिक सतहदेखि एक हजार ९४५ मिटर उचाइमा रहेको चितवनको सबैभन्दा अग्लो भूमि सिराइचुलीमा पुगेर सगरमाथा आरोहणको लागि अभियान शुुभारम्भ गरेको अभियानका संयोजक कृतिकुमार श्रेष्ठले बताए । गाउँपालिकाको मात्र नभई समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उनको विश्वास छ ।

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफालाई सगरमाथा आरोहणको तयारी गर्ने नेपालस्थित सेभेन समिट ट्रेकमार्फत नै गुरुङको पनि आहरोणको तयारी भएकाले पनि जिल्लाको पर्यटन प्रवद्र्धन त्यसमा पनि इच्छाकामनाको पर्यटन क्षेत्रको प्रचारप्रसार हुने अपेक्षा लिइएको छ ।

यसैबीच गुरुङलाई आइतबार गाउँपालिकाले एक कार्यक्रमकाबीच बिदाइ गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले उनलाई सहयोग रकम हस्तान्तरणसहित बिदाइ गरेकी हुन् । अध्यक्ष गुरुङसहित अन्य जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बिदाइ गरेका हुन् । उक्त अवसरमा गाउँपालिकाले आरोहणका लागि रु तीन लाख सहयोग गरेको छ । उनलाई गाउँपालिका अध्यक्ष गुरुङले चेक हस्तान्तरण गरिन ।

अध्यक्षले सगरमाथा आरोहण गर्न लागेका गुरुङलाई गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोण गर्न लागेकामा खुशी व्यक्त गर्दै आरोहण सफलताका लागि शुभकामना व्यक्त गरिन । यसअघि आरोही गुरुङले स्वीडेनमा रहेको पाँच हजार मिटर अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेकाले पनि मौसमले साथ दिए अप्रिलको अन्तिममा सगरमाथाको सफल आरोहण गर्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ०० बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि