काभ्रेका तीन ठाउँमा आरोग्य केन्द्र स्थापना | Khabarhub Khabarhub

काभ्रेका तीन ठाउँमा आरोग्य केन्द्र स्थापना


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–‘निरोगी नेपाल’ निर्माणको नीतिअन्तर्गत यहाँ दुई नगरपालिका र एक गाउँपालिकाका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ ।

पनौती र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो । प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहका सबै स्वास्थ्य संस्थामा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने उल्लेख छ ।

नमूना कार्यक्रमका रुपमा पहिलो चरणमा मुलुकका २१८ स्थानीय तहमा सेवा केन्द्र स्थापना गर्ने निर्णयअन्तर्गत यहाँका तीन स्थानीय तह रहेका थिए ।

केन्द्रबाट सामान्य बिरामीको उपचारका साथै योग–अभ्यास गराउने, व्यायाम तथा जडीबुटीको प्रयोगबारे स्थानीयस्तरमा जनचेतना फैलाउने काम केन्द्रले गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा मनोजकुमार चौधरीले बताए । उनका अनुसार केन्द्रबाट नेपाल सरकारले २२ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिनेछ ।

भुम्लुमा केही दिनअघि मात्र स्थापित केन्द्रमा स्थानीयको आकर्षण बढेको पाइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । ‘अब अपुग औषधिको व्यवस्थापन गरी केन्द्रको सेवाबारे प्रचारप्रसारमा जुट्नेछौँ”, उनले भने । केन्द्रद्वारा सुत्केरी महिलाका लागि शक्तिवद्र्धक कुरिलोको पाउडर र बालबालिकाका लागि बालामृतसमेत प्रदान गरिने जनाइएको छ ।

सेवा केन्द्र स्थापनाका लागि स्थानीय तहले नै पूर्वाधारको व्यवस्था गर्नुपर्ने निर्देशिकामा छ । सरकारको सेवा केन्द्रसम्बन्धी निर्देशिका–२०७७ मा स्थानीय नागरिकलाई परम्परागत ज्ञान, सीप र मौलिक सम्पदाको संरक्षण गर्दै योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि नागरिक आरोग्य सेवा केन्द्रले प्रमुख भूमिका खेल्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : २० बजे

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई