सांसद लिङ्देन भन्छन्–‘अस्थिरता अन्त्यका लागि राजसंस्थालाई उचित स्थान’ | Khabarhub Khabarhub

सांसद लिङ्देन भन्छन्–‘अस्थिरता अन्त्यका लागि राजसंस्थालाई उचित स्थान’


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राप्रपा सांसद राजेन्द्रसाद लिङ्देनले अस्थिरता अन्त्यका लागि राजसंस्थालाई समेत उचित स्थान दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद लिङदेनले अहिले हिँडेको व्यवस्था नै गलत रहेको बताए । उनले भने,‘कहाँ जाने भनेर हिडेका थियौं । कहाँ पुग्यौं । काठमाडौबाट काकरभिट्टा जानुपर्ने नारायणगढबाट अर्कै बाटोमा लाग्यौ । अनि बुटबल पुगेर गलत बाटो हिँडियो भनेर थाहा भयो ।’

अहिलेको अवस्थामा कुनै पनि दल वा सरकार मात्रै असफल नभएको भन्दै उनले अहिलेको अवस्थामा प्रणाली नै असफल बनेको दाबी गरे । उनले भने,‘ अहिलेको अवस्थामा कुनै पनि प्रणाली असफल भयो । अहिलेकै व्यवस्थामा सरकार परिवर्तन वा नयाँ निर्वाचन जे गरेपनि अस्थिरताको अन्त्य गर्न सकिन्छ । सरकार परिवर्तन वा चुनाव जे रोजेपनि वैदेशिक हस्तक्षेप, भ्रष्टाचार नै हुने हो । अहिलेको अवस्थाबाट शिक्षा लिएर नयाँ सम्झौता गरौं ।’

केपी ओली नेतृत्वको सरकारसँग आफ्नो दलको धेरै विषयमा असहमति रहेको भएपनि सिके राउतदेखि विप्लवलाई समेत शान्तिपुर्ण राजनीतिमा ल्याउनु सकारात्मक रहेको बताए । अब राष्ट्रिय एकता लागि राजसंस्थालाई समेत उचित स्थान दिनुपर्ने उनको भनाई छ ।

‘राष्ट्रिय एकता चाहन्छौं भने अनेक आरोपका बिचमा शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर राष्ट्रिय एकता कायम गरौं । सबै दलका नेताहरुसँग आग्रह छ, अस्थिरताको अन्त्य गरेर विकास र समृद्धिमा लैजाने हो भने परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थालाई स्थान दिउँ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने व्यवस्था मिलाऔं ।’ उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : ४८ बजे

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा

ओली उवाच र शास्त्र : चतरामा शल्यक्रिया गरेकै थिए त ऋषि सुश्रुतले ?

काठमाडौं – सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे ।

एउटै दमकलको भरमा लमजुङका आठ पालिका 

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा

कास्कीको लुम्ले र इलाममा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको

हात्तीको त्रास : घर भत्कियो, अन्न सखाप

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्ला, साउन २ गतेको मध्यरात