राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणबारे संसदलाई जानकारी « Khabarhub

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणबारे संसदलाई जानकारी


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवि भण्डारीको बंगलादेश भ्रमणबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी गराएका छन् ।

आज बसेको संसद बैठकमा विषेश समय लिएर मन्त्री ज्ञवालीले बंगलादेशी राष्ट्रपतिको निम्तोमा राष्ट्रपति भण्डारी बंगलादेश गएको र भ्रमणका क्रममा विभिन्न सम्झौता भएको जानकारी दिए ।

उनले राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप सुमधुर भएको बताए । उनले भने,‘सम्माननीय राष्ट्रपतिको बंगलादेश भ्रमणले मुलतः दुई देशको सम्बन्ध थप प्रगाढ बनेको छ ।’

महाकाली नदीको किनारामा भारतले बनाएको पर्खालको अध्ययन गर्न नेपाल र भारत सहमत बनेको समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले भने,‘आगमी अप्रिल १२ तारिख अर्थात् आजको एकसातामा नेपाल र भारत दुबै देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने र ठिक ढंगले बनेको छ कि छैन भनेर अध्ययन गर्नेछ र तथ्या प्रमाण् अघि सार्नेछ ।’

मन्त्री ज्ञवालीले नेपालको सीमा सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

अर्को प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले म्यानमारमा भइरहेको राजनीतिक घटनाक्रमप्रति सरकार गम्भीर बताए । मन्त्री ज्ञवालीले म्यानमारमा भइरहेको घटनाक्रमका विषयमा पहिला नै सरकारले धारणा सार्वजनिक गरिसकेको भन्दै उनले भने,‘बल प्रयोगबाट धेरै नागरिकको ज्यान गएको हामीले देखिरहेका छौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् पारित गरेको जस्तै लोकतन्त्र र मावनअधकिार र विश्वशान्तिका लागि नेपाल सरकार सधै प्रतिवद्ध रहेको जानकारी गराउँछु ।’

मन्त्री ज्ञवालीले अहिलेको सरकारले विश्वासको मत लिन नपर्ने बताए ।

उनले ३ वर्षअघि माओवादी केन्द्रको समर्थनमा सरकार बनेको भन्दै भने,‘यो सरकार गठन हुने बेलामा नेकपा माओवादीले समर्थन गरेको थियो । २०७४ साल फागुन २७ गते विश्वासको मत लिएको हो । नेपाली कांग्रेस अहिले पनि प्रतिपक्षमा रहेको छ । यो पत्र सदनमा राम्रोसँग रहनुपर्छ । यो सरकार कसरी उद्गम भएको हो भन्ने राम्रोसँग जानकारी लिनुपर्छ । सरकार संविधानसम्मत ढंगले चलिरहेको छ । संविधानले भनेको बाटोमा हिड्न बाञ्छनीय हुन्छ ।’

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : २८ बजे

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई