बैंकिङ कसुरका फरार अभियुक्त ढकाललाई अदालतमा पेश | Khabarhub Khabarhub

बैंकिङ कसुरका फरार अभियुक्त ढकाललाई अदालतमा पेश


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम रू ६१ लाख ५५ हजार जरिवाना हुने ठहर गरेको थियो ।

फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी रु ६१ लाख बढीको चेक काटी दिएका थिए ।

यसैबीच वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ झुलपाखाबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार) सहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा वन्यजन्तुको अङ्ग ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा बाराको सिमरा बस्ने फुलमाया तामाङ, गुल्मीका शिव पल्ली र रामेछाप दोरम्बाका पासाङ टसी तामाङलाई पक्राउ गरिएको पन्तले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौँमा पठाइएको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ३७ बजे

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक