युरेनियम बरामद प्रकरण : 'कच्चा युरेनियम–२३८’ नै भएको चिनियाँ प्रयोगशालाको रिपोर्ट | Khabarhub Khabarhub

युरेनियम बरामद प्रकरण : ‘कच्चा युरेनियम–२३८’ नै भएको चिनियाँ प्रयोगशालाको रिपोर्ट

रिपोर्ट सरकारी वकिलको कार्यालय पठाइयो


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत फागुन २८ गते प्रहरीले बरामद गरेको रेडियोधर्मी पद्धार्थमा युरेनियमको मात्रा भेटिएको चिनियाँ प्रयोगशालाको रिपोर्टले देखाएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख अशोक सिंहका अनुसार प्रहरीले बरामद गरेको धातु चनियाँ प्रयोगशालाले पनि कच्चा युरेनियम–२३८ नै भएको रपोर्ट दिएको बताए ।

खबरहबसँग कुरा गर्दै एसएसपी सिंहले भने ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट)ले कच्चा युरेनियम–२३८ रहेको रिपोर्ट दिएपछि थप परीक्षणका लागि चीन पठाएका थियौं । चिनियाँ प्रयोगशालाबाट पनि कच्चा युरेनियम–२३८ नै रहेको रिपोर्ट आएको छ ।’

प्रहरीले गत फागुन २८ गते उक्त पद्धार्थसहित रामेछापका नारायण सिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपानेलाई पक्राउ गरेको थियो ।

एसएसपी सिंहका अनुसार प्रहरीले अहिले उक्त धातुका बारेमा अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।

एसएसपी सिंहले भने, ‘हामीले सम्पूर्ण अनुसन्धान पूरा गरी त्यसको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाइसकेका छौं । अब मुद्दा प्रक्रिया अघि बढ्छ ।’

विष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको प्रहरीले आरोपीहरुविरुद्ध अहिले ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा लैजान सरकारी वकिललाई राय दिएको छ ।

२०७७ असारमा लागू भएको सो ऐनको दफा २८ ९१० (ख) अनुसार ७ देखि १२ लाख जरिवाना र ५ देखि १० वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : ३७ बजे

‘भोजपुरे खुकुरी’ पाँच सयदेखि ५२ हजारसम्ममा बिक्री

भोजपुर– देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि

धान बेच्न किसान रातभर लाइनमा

घोडाघोडी– यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा

मेलम्चीको पानी काठमाडौं पठाउन बन्द

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका

उच्छृङ्खलताले घटाएको राजेन्द्र खड्गीको कद

काठमाडौं– द्वन्द्व निर्देशक तथा खलनायकका रुपमा परिचित राजेन्द्र खड्गीलाई पछिल्लो समय

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात

वीरगञ्ज– गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात