पहिलो चरणको दोस्रो डोज खोप बैशाख ७ देखि ११ गतेसम्म लगाइने « Khabarhub

पहिलो चरणको दोस्रो डोज खोप बैशाख ७ देखि ११ गतेसम्म लगाइने


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणको दोस्रो डोज खोप आगामी बैशाख ७ देखि ११ गतेसम्म लगाइने बताएका छन् ।

सोमबार संसदमा बोल्दै उनले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएकाहरुलाई २०७८ बैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रामा कोभिसिल्ड खोप प्रदान गर्ने बताएका हुन् ।

उनले पहिलो चरणमा खोप लगाएकाहरुका लागि पुग्ने खोप सुरक्षित तरिकाले भण्डारण गरेर राखिएको उनले बताए ।

नेपालमा कुल जनसंख्याको ६ प्रतिशतभन्दा बढी मानिसहरूले खोप लगाइसकेको जानकारी उनले दिए ।

यसभन्दा अगाडि खोप लगाउन नपाएका इच्छुक अग्रपंक्तिमा खटिने व्यक्तिलाई चैत्र २५ गतेदेखि चीन सरकारबाट उपलब्ध भेरोसेल खोप लगाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।

पछिल्लो समय पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हुँदा उच्च स्वास्थ्य सुरक्षा अपनाउन पनि उनले सबैमा आग्रह गरे ।
उनले भने, ‘संक्रमण पुन बढ्दै गइरहेको छ, अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ३० बजे

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई