कर्णाली संसदीय दलको बैठक भोलि बस्दै, एमालेका मन्त्रीले राजीनामा दिने « Khabarhub

कर्णाली संसदीय दलको बैठक भोलि बस्दै, एमालेका मन्त्रीले राजीनामा दिने


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले मंगलबार राजीनामा दिने भएका छन् । आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले एमालेका मन्त्रीहरु भोलि राजीनामा दिने टुंगोमा पुगेको बताए ।

कर्णाली प्रदेशको संसदीय दलको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

दलको बैठक अघि नै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी भएको प्रमुख सचेतक शाहले बताए ।

आइतबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा एमालेबाट ज्वालासँगै सामाजिक विकास मन्त्री दल बहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दलबहादुर रावल छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : १५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि