मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल « Khabarhub

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन ।

१ अर्ब २५ करोड रुपैयाँ ऋणपत्रको ६० प्रतिशत (अर्थात् ७५ करोड रुपैयाँ) व्यक्तिगत तबर प्राइभेट प्लेसमेन्ट मार्फत् र ४० प्रतिशत (५० करोड रुपैयाँ) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिने बैंकले जनाएको छ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुने बताइएको छ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकरण गरिने बैंकको भनाइ छ । हाल नेपालमा दीर्घकालीन लगानीका लागि वित्तीय साधनहरू अत्यन्त कममात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुनेलगायतका दृष्टिकोणबाट दीर्घकालीन लगानीका लागि उत्कृष्ट अवसर भएकाले यसबाट फाइदा उठाउन सबैमा बैंकले अपिलसमेत गरेको छ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

त्यसै गरी मोबाइल बैंकिङ्, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्, खातामै रेमिट्यान्स जम्मा हुनेजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्थासमेत गरिएको बैंकले बताएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ३ : ५८ बजे

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९