टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा | Khabarhub Khabarhub

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ ।

यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो ।

उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गरेका थिए । त्यसबखत दक्षिण कोरियाली राष्ट्रपति मून जाए-इनले किम यो जोङसँग निकै सकारात्मक वार्ता गरेका थिए । जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरु भएका थिए ।

तर प्योङयाङको घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया शुरु गराउने एउटा योजनामा धक्का लागेको छ । टोकियो ओलम्पिक आगामी जुलाईमा हुँदैछ ।

उत्तर कोरियाली ओलम्पिक कमिटीले कोभिड–१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२औं गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ ।

तर विश्लेषकहरुले खेलभन्दा पनि अन्य कारणले उत्तर कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन् ।रासस/एएफपी

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ३० बजे

माओवादीप्रति जनविश्वास बढ्दा प्रतिक्रियावादी आतंकित छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रि–ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.२८ अंकले बढेको छ

सिक्लेस हाइड्रोपावरको ‘लक इन’ अवधि असोज १० गते सकिने

काठमाडौं– सिक्लेस हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि असोज १० गते

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र