ओलीसँग आत्मसमर्पण गर्दैनौँ : नेता नेपाल (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीसँग आत्मसमर्पण गर्दैनौँ : नेता नेपाल (भिडियोसहित)

शाक्यको संयोजकत्वमा बागमती प्रदेशमा समानान्तर कमिटी गठन


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले वडा तहसम्म पार्टीको समानान्तर कमिटी बनाउने र ओलीसँग आत्मसमर्पण नगर्ने बताए । उनले सकारात्मक शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने पनि बताएका छन् ।

नेता नेपालले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिन पनि सांसदहरुलाई सुझाव दिएका छन् । सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले फर्किएको उनको भनाइ छ ।

नेता नेपालले अब छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के–के गर्छन् हेर्न बाँकी रहेको बताए ।

हेरौँ भिडियो

आफूहरुलाई माओवादीसँग निकट रहेको भन्दै ओलीले इमोशनल ब्ल्याकमेल गरेको नेता नेपालले बताए । उनले पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउने पनि स्पष्ट पारे ।

यसैबीच नेकपा एमालेको नेपाल खनाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय कमिटी घोषणा गरिएको हो । कमिटीको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् ।

त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् । कार्यक्रममा नेता नेपालले १७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराएका छन् ।

एमालेको नेपाल खनाल समूहले बागमती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित ४ जना नेतालाई पार्टीबाट निलम्बन गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाउने रणनीति बनाएको छ ।

जसअनुसार उक्त समूहले २०७५ जेठ २ गते अघिको कमिटीलाई क्रियाशील बनाइरहेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : ४३ बजे

प्रधानमन्त्रीले भने- देशमा चौतर्फी विकास हुँदैछ, आत्मनिर्भर बन्दैछ

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं ललिपुरको ग्वार्कोस्थित ओभरपासको शुक्रबार

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट

काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली