एमाले प्रवेश गरेका माओवादी केन्द्रतर्फका चार मन्त्री सांसद पदबाट निष्कासित (पत्रसहित) « Khabarhub

एमाले प्रवेश गरेका माओवादी केन्द्रतर्फका चार मन्त्री सांसद पदबाट निष्कासित (पत्रसहित)


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाएको पत्र संसद सचिवालयलाई पठाएको हो ।

आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने गरी पत्र पठाइएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले बताए।

‘उहाँहरूलाई स्पष्टीकरण सोधिएको थियो। ती मध्ये कतिको चित्तबुझ्दो जवाफ आएन । कतिले सार्वजनिक रूपमै दल त्यागेको घोषणा गर्नुभयो,’ शर्माले भने, ‘दल त्याग गरेपछि स्वत: पद जान्छ। त्यही जानकारी संसद सचिवालयमा पठाइएको हो।’

चारैजना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् ।

संसद् सचिवालयले पत्रअनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेपछि उनीहरू सांसद पदबाट औपचारिक रूपमा हट्नेछन् । संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ को सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाउने माओवादीले केन्द्रले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

यस्तो छ पत्र 

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ४४ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन