रियलमी सी १५ को मुल्य घट्यो | Khabarhub Khabarhub

रियलमी सी १५ को मुल्य घट्यो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रियलमी सी १५ को मुल्य घटेको छ । दुई महिनाअघि मात्रै अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषताका साथ भित्रिएको सी १५ को मुल्य १५ सयले घटेको हो ।

६ हजार एमएएच ब्याट्री रहेको फोनमा १८ वाटमा चार्जिङ सिस्टम रहेको छ । उक्त फोन अब नेपाली बजारमा १८ हजार ५९० मा उपलब्ध भएको छ । नेपाली बजारमा सार्वजनिक हुँदा यो फोनको बजार मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको थियो ।

६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, ४ वटा लेन्ससहितको क्यामेराका साथ ल्याइएको यो फोन विषेशगरी युवालक्षित छ । एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री, डिजाइन लगायतका कारण यो फोन स्मार्टफोन प्रयोगकर्ताका लागि एकदमै राम्रो विकल्प भएको दाबी कम्पनीको छ ।

कम्पनीले सी १५ मोबाइल फोनलाई ४६० एसओसीको क्वालकम स्न्यापड्रागन प्रोसेसरले द्रूत र शक्तिशाली बनाएको उल्लेख गरेको छ । उसका अनुसार ८ कोरको उक्त प्रोसेसरले १.८ गिगाहर्जसम्म दैनिक प्रयोग हुने एप अपरेसनभन्दा बाहिर पनि सधैं काम गरिरहेको हुन्छ ।

कम पावरमा मोबाइलले ११ प्रोसेसर टेक्नोलोजीमा काम गरिरहेको हुने भएकाले मोबाइलमा ह्याङ्ग हुने समस्या रहँदैन भने यसले मोबाइलको पर्फमेन्स पनि राम्रो बनाएको छ । मोबाइलको ग्राफिक प्रोसेसिङ युनिट (जीपीयू) निकै आकर्षक रहेको छ ।

क्वालकम एड्रेनो ६१० जीपीयूले ग्राफिक प्रक्रियालाई अघिल्लो संस्करणको मोबाइल फोनको भन्दा वृद्धि गरेको छ । यसका प्रयोगकर्ताले यस सिरिजको मोबाइल फोनमा पहिलोपटक आकर्षक क्यामेरा पर्फमेन्स, राम्रो र सटिक लोकेसन ट्र्याकिङ, राम्रो कनेक्टीभिटीको पनि अनुभूति गर्न पाउनेछन् ।

मोबाइल फोनमा सबैभन्दा महत्वपूर्ण रहने ब्याट्रीको पर्फमेन्सलाई नजिकबाट बुझेर कम्पनीले ब्याट्रीलाई बढी टिकायु बनाउने प्रयास गरेको छ । कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटमा तीव्र र पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री राखेको छ ।

एकपटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिनेछ, सामान्यतया एकपटकको चार्जले ४८ घण्टासम्म मोबाइल फोन चल्ने दाबी कम्पनीको छ । यसमा सुपर पावर सेभिङ मोड पनि राखिएको छ ।

कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । यसमा खिचिएको भिडियो एकदमै हेर्न उत्कृष्ट तथा मनमोहक हुने दाबी कम्पनीको छ । यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ ।

यस फोनमा पछाडिपट्टिको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ ।

यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमा फोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ ।

ब्ल्यु र सिल्भर कलर गरी दुई विकल्पमा उपलब्ध यो मोबाइलको डिजाइनका क्रममा नीलो समुद्र तथा माथि उडिरहेको समुन्द्री चरा जस्तो देखाउन खोजिएको छ । चारवटा कर्नर बलियो गरी बनाइएको छ जसले स्क्रिन ड्यामेज हुनबाट धेरै हदसम्म बचाउँछ ।

कम्पनीले यस फोनको खरिदमा ३६५ दिनको वारेन्टीसमेत दिएको छ । कम्पनीले नेपालमा ४/६४ जीबीको यस मोबाइल फोनको मूल्य १९ हजार ९९० रूपैयाँ राखेको छ । कम्पनीले यसअघि भित्रिएको सी १२ फोन १६ हजार ९९० र सी ११ फोन १४ हजार ४९० मा बिक्री गरिरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ४४ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता