'लकडाउन' हुँदैन : मन्त्री त्रिपाठी | Khabarhub Khabarhub

‘लकडाउन’ हुँदैन : मन्त्री त्रिपाठी


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको भन्दै त्यसलाई रोकथामका लागि सरकार तयारी अवस्थामा रहेको बताए ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइका साथ लागू गराइने उनको भनाइ छ । मन्त्री त्रिपाठीले भने, “कोरोनाको बढ्दो जोखिमप्रति सरकार सचेत छ तर दैनिक जनजीवन पनि सञ्चालन गर्नुपर्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गराइनेछ ।”

समितिअन्तर्गत गठित उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने बताउँदै उनले सीमा क्षेत्रमा कडाइ गर्ने योजना रहेको जानकारी दिए ।

समितिले पछिल्लो समय छिमेकी देशमा कोरोनाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले सोसम्बन्धी आवश्यक सर्तकता अपनाउन विशेष पहल गर्नुपर्ने भन्दै उपसमिति गठन गरिएको थियो ।

यही चैत ११ गतेको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति जयपुरी घर्तीसमक्ष प्रतिवेदन पेस गरेका थिए ।

कोभिड सङ्क्रमणको महामारी भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव उपसमितिले दिएको छ ।

सर्वसाधारण नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाउन तथा जतिसक्दो चाँडो खोप उपलब्ध गराउन पनि उपसमितिले सुझाव दिएको छ ।

कोभिड–१९ को महामारी बढ्दै गएपछि गत भदौ ९ गते बसेको समितिको बैठकले सांसद श्रेष्ठको संयोजकत्वमा अन्जना विशङ्खे, एकवाल मियाँ, तिलकबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य रहेको सात सदस्यीय उपसमिति गठन गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ८ : ३० बजे

उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट

काठमाडौ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले

ओलीलाई माधव नेपालको सुझाव : बीआरआईमा हात हाले हुन्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लाग्ने गरेको आरोप छ– तोकिएको

जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत

टोकियो– जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै

जापानमा मानव तस्करी प्रकरण : तीनजनालाई थुनामा पठाउने आदेश

काठमाडौं- कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जापान

स्थानीय सरकार रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह

तनहुँ– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले