उपभोक्ता ठग्ने एक मेहेन्दी उद्योगमाथि विभागको कारबाही « Khabarhub

उपभोक्ता ठग्ने एक मेहेन्दी उद्योगमाथि विभागको कारबाही


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको कलंकीस्थित एक मेहेन्दी उद्योगमा शिलबन्दी गरेको छ ।

उपभोक्ता ठगी गरेको पाइएपछि विभागले कलंकीस्थित मेहेन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने ‘हबिब काला कोकिला हिनाज’ उद्योगमा शिलबन्दी गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त उद्योगमाथि शिलबन्दी गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

‘उक्त उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ विपरित अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गरी अन्य उत्पादक (विदेशी) का ट्रेडमार्क/ब्राण्ड प्रयोग गरी जनस्वास्थ्यमा हानी/नोक्सानी पुग्ने गरी कारोबार गरेको पाइएपछि शिलबन्दी गरिएको छ,’ प्रवक्ता सेढाईंले भने, ‘उक्त क्रियाकलापमा प्रत्यक्ष संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।’

उक्त उद्योगले अप्रमाणित रसायन मिश्रण गरेर मेहेन्दी लगायतका तीन दर्जन भन्दा बढी किसिमका कस्मेटिक वस्तु गोप्य रुपमा उत्पादन, भन्डारण, आयात एवम् विक्री वितरण समेत गरेको गोप्य सूचनाका आधारमा विभागले महानगरीय प्रहारी अपराध महाशाखाको सहयोगमा शिलबन्दी गरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ९ : १६ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’