गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा « Khabarhub

गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका हुन् ।

दुबै मन्त्रीले मुख्यमन्त्री पृथ्बी सुबा गुरुङसमक्ष प्रदेशसभा बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।

बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री चुमनले तीन वर्षसम्म सरकारमा रहँदा पाएको साथ र सहयोगका लागि मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरेका छन् ।

राजीनामा पत्र बुझाउँदै मन्त्री चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका छन् । “हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौँ,” मन्त्री चुमानले भने,“हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस् ।”

आज माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : ५१ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन