पत्रकार महासंघ झापामा संयुक्त प्यानलको वर्चश्व, अध्यक्षमा गिरी निर्वाचित « Khabarhub

पत्रकार महासंघ झापामा संयुक्त प्यानलको वर्चश्व, अध्यक्षमा गिरी निर्वाचित


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाल पत्रकार महासंघ झापामा संयुक्त प्यानलले वर्चश्व कायम गरेको छ ।

एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले अध्यक्षसहितको २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा गिरी निर्वाचित भएका छन्  । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तीर्थ सिग्देलले २६ मत ल्याए ।

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् ।

संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओेली निकट प्रेस चौतारीका सावित्रा दाहालले १०७ मत ल्याइन् ।

सचिवमा संयुक्त प्यानलका डिकेश लामा १२८ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल–खनाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्र उम्मेदवार प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन् ।

खुला सहसचिवमा संयुक्त प्यानलका राजु पाठक १५५ मत ल्याई निर्वाचित भएका छन् । पाठकले ओली निकट प्रेस चौतारीका विनोद सापकोटालाई ६३ मतले पराजित गरेका छन् ।

समावेशी सहसचिवमा संयुक्त प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याएका छन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाईं  १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन् ।

सदस्य पदमा संयुक्त प्यानलका मधेसी सदस्य पदका उम्मेदवार सन्तोष शर्मा र महिला सदस्य स्वस्तिका आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

दलित सदस्य पदमा १४० मतसहित संयुक्त प्यानलका रञ्जित परियार विजयी भए भने उनका प्रतिद्वन्दी किशोर उपरकोटीले ९८ मत प्राप्त गरे । खुला सदस्यहरूमा चिरञ्जीवी घिमिरे, द्रोण अधिकारी, मनिषा चम्लागाई, विनोद पाण्डे (कमल), शुष्मा राजवंशी र होमप्रकाश अधिकारी विजयी भएका छन् ।

ओली निकट प्रेस चौतारीबाट विजयी हुनेहरुमा आदिबासी/जनजाति सदस्य राजन साम्पाङ र खुला सदस्य अच्युतराज सुबेदी, अनिल वाग्ले र सुनिरा मैनाली छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : २० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला