प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै | Khabarhub Khabarhub

प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ ।

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसँग जोड्नका लागि विद्युत्को टावर निर्माण गर्नुपर्ने भएकाले विभिन्न स्थानमा गरी आयोजनाले साढे तेइस रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई भरतपुरको सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण लाइनसम्म जोड्नका लागि आयोजनाले जग्गा अधिग्रहण गरेको  आयोजनाका सहायक निर्देशक भोला शर्माले जानकारी दिए ।

दमौलीबाट भरतपुरसम्मको दूरीमा पर्ने सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारणको लाइनमा जोड्न ट्रान्समिटर प्रसारण लाइनका लागि २२० केभीको विद्युत् उत्पादन गरिएको उनले बताए ।

आयोजनाले विभिन्न स्थानमा वनजङ्गल, जग्गालगायतका गरी उक्त जग्गा अधिग्रहण गरेको हो । उनले भने, “यसबाट प्रत्यक्ष प्रभावमा परेकालाई रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा वितरण गरिनेछ ।”

उनका अनुसार कृषि सहायतास्वरूप ५९ जनालाई रु रु २५ हजारका दरले र करिब ५७ जनालाई जोखिमयुक्त बस्तीअनुरुप क्षतिपूर्ति सहयोग गरिने प्रावधान रहेको छ ।

जग्गा अधिग्रहणपश्चात् भरतपुरसम्मको प्रसारण लाइनको निर्माणको काम तीव्र गतिमा भइरहेको आयोजनाका सहायक निर्देशक शर्माले बताए ।

विद्युत् टावर निर्माणको जग्गा अधिग्रहण गर्दा जिल्लाको व्यासनगरपालिका–१३ र १४ अन्तर्गत, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६ र देवघाट गाउँपालिकाको वडा नं ४ र ५ वडाका बासिन्दा प्रभावित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा गठित समितिले बुधबारदेखि मुआब्जा वितरण गर्ने तयारी थाले पनि गृहमन्त्रालयको निर्देशनपश्चात् वितरण कार्य रोकिएको छ ।

गृहमन्त्रालयले आयोजनाको नाममा जग्गा आएपछि मात्रै मुआब्जा वितरण गर्न निर्देशन दिएपछि मुआब्जा वितरण कार्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय तनहुँका लेखापाल पदमबहादुर थापाले जानकारी दिए ।

मन्त्रालयको निर्देशनअनुरूपमा शुरुमा जग्गाधनीको लगत कट्टापश्चात् मात्रै सम्बन्धित व्यक्तिको खातामा पैसा जम्मा गर्ने व्यवस्था रहेको छ । सामुदायिक वनको लगत लिने र सामुदायिक वनले स्वीकृत दिनुपर्ने कार्य आयोजनाले यसअघि नै सम्पन्न गरिसकेको छ ।

आयोजना प्रभावित क्षेत्र  

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालिएको छ । जिल्लाको साविकको झण्डै १८ वटा गाउँ विकास समिति प्रभावित हुने छन् ।

जलाशय क्षेत्रअन्तर्गत भीमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काँहुशिवपुर र व्यास नगरपालिका रहेका छन् ।

त्यसैगरी बाँध, विद्युत्गृह, पानी निष्कासन सुरुङ र स्वीच वार्ड काँहुशिवपुर र व्यास नगरपालिकामा रहने छ ।

आयोजनाको सुविधा संरचना (पहुँच मार्ग, बसोवास क्षेत्र, ब्याचिङ वार्ड) काँहुशिवपुर र व्यास नगरपालिकामा रहेको छ भने तल्लो तटीय क्षेत्र काँहुशिवपुर, पोखरीभञ्ज्याङ, केशवटार, धरमपानी, बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ । उक्त आयोजनाको लम्बाइ १८ किलोमिटर रहनेछ । पानीले भरिँदा पानीको अधिकतम सतह समुद्र सतहबाट ४१५ मिटर रहने छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १० : ३५ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे (तस्बिरहरू)

काठमाडौं – कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आएसँगै जनकपुर र नेपाल भारत

जनकपुरलाई झट्का, २० रन नकटाउँदै गुमायो ३ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध

एफएनसीसीआइ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी प्रवर्धन समझदारी

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र कोरिया इम्पोटर्स

महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण 

काठमाडौं – ‘स्वास्थ्यलाई प्राथमिकता दिऔँ, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै