संसदमा आएर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती (भिडियोसहित) | Khabarhub Khabarhub

संसदमा आएर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती (भिडियोसहित)


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद आएर बहस गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीले संसदलाई छलेर बाहिर बाहिर भाषण गर्दै हिडेको भन्दै आक्रोश पोखे ।

उनले भने,‘प्रधानमन्त्रीलाई म संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु ।’ उनले संसदबाहिर प्रधानमन्त्री अनेकौ भाषण गर्दै हिडेको तर संसदमा आएर बहस गर्ने हिम्मत नराखेको बताए ।

उनले भने,‘संसदबाहिर हुक्के चिलिमे राखेर माथि बसेर गफ दिने अनि तल बसेर ताली पिट्ने ? संसदमा हामी बालकविता सुनाएर बस्ने होइन, संसदलाई छलेर भागेर होइन ।’

सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गरे । उनले भने,‘ प्रधानमन्त्रीलाई अहिले बाटो पुलको शिलान्यश गर्न भ्याइनभ्याई छ । प्रधानमन्त्रीलाई चमत्कार गरेको भनेर चरम अल्पज्ञान, ढाँट्ने बानी लागेको छ । २०७४ साल चैतको २ गते खानेपानीमन्त्री आएपछि २०७५ साल असोजसम्म ठेकेदारसम्म मोलमोलाई मिलेन । ९ महिना आयोजनाको कामको सिन्को पनि नभाचेर अहिले यत्रो फुर्ति ? २३ वर्ष आयोजनाका लागि समय लाग्दा माफी माग्नुपर्दैन? श्रेय लिने होडबाजी ? धारा खोलेर, बाल्टी, कहिले उठेर कहिले बसेर उद्घाटन गर्ने ? तमासा गर्ने ?’

हेरौँ भिडियो

सांसद थापाले केहीदिन भित्रमा प्रधानमन्त्रीले तामाकोशी जलपिवद्युत आयोजनामा समेत उद्घाटनको यस्तै तमासा देखाउने दाबी गरे । तर राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको ध्यान जान नसकेको बताए ।

‘फाष्ट ट्रयाक, बबई सिंचाई आयोजनाका बारेमा कोही भन्दैन । नेतृत्वबाट गर्नुपर्ने काम गरेको छैन, मिथ्याङ्क ल्याएर गफ चुट्ने ? चालू भएको २ वर्षपछि सिन्धुलीको उद्घाटन ? के को तमासा हो ? एकसय ६५ वटा सडक अस्ति उद्घाटन भएको छ । तर त्यसका लागि अहिले बजेट भनेको ३ अर्ब पैसा छ । आवश्यक ५७ अर्ब । उद्घाटन नै गर्ने हो भने एउटा निर्वाचन क्षेत्रमा १० वटा सडकका दरले ठोक्दिउँ, १ हजार ६ सय ५० वटा बनाइदिँउ । अहिलेको सरकारले मात्रै गरेन भनेर भन्न खोजेको छैन । हाम्रो काम लगाउने निकायको क्षमतामा समस्या छ । यसलाई बनाउनका लागि संसदले दर्जनौ काम गर्नुपर्नेछ,’ प्रधानमन्त्रीले संसदमा आएर तथ्यमा बहस गर्न चुनौती दिदै सांसद थापाले व्यङ्ग्य गर्दै भने,‘उद्घाटन बालुवाटारभित्र नयाँ बनेको भवन र बनेको कोठा उद्घाटन गर्नुहोला ।’

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  २ : २४ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव