आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित « Khabarhub

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

यसै अवसरमा काठमाडौंको हनुमानढोकाको दसैँघरमा पनि फूलपाती भित्र्याइएको छ । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती भित्र्याइएको हो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसँैघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहँदै आएको छ ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो ।

त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ गरिएको थियो ।

सभापति थापाले गरे पदभार ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन् । पार्टी मुख्यालय सानेपामा उनले पदभार ग्रहण गरेका हुन् ।

सभापति थापाले महाधिवेशन अन्तर्गतको निर्वाचन आम निर्वाचनजस्तो नभई पार्टीभित्रकै आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई जित–हारको विषयभन्दा पनि जिम्मेवारीको रूपमा लिनुपर्ने उल्लेख गरे ।

उनले सभापति तथा अन्य पदाधिकारीहरूको जिम्मेवारी केवल पद प्राप्त गर्नु मात्र नभई नागरिकहरूको लोकतान्त्रिक अधिकार, आत्मसम्मान, र न्यायको रक्षा भएको उल्लेख गरे ।

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् ।

थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट सङ्ख्या यथावत् राखिएको छ । सरकारी शिक्षण संस्थामा कम शुल्कमा अध्ययन गर्ने अवसर विस्तार गर्ने उद्देश्यले नयाँ सिट थपिएका हुन् ।

यसैबीच, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पढाइ सुरु हुने भएको छ ।

त्यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३० सिट थपिएका छन् ।

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही घण्टापछि रिहा भएका छन् ।

जग्गा हडपेको सम्बन्धी समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा उनलाई शनिबार बिहान ललितपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो ।

कलाकार समेत रहेका नेता पन्तसँग केही घन्टा छलफल गरेपछि उनलाई शनिबार साँझ रिहा गरिएको हो । दुबै पक्षबीच मिलापत्र भएपछि श्रेष्ठ रिहा भएका हुन् ।

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन खुल्ने भएको छ ।

यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले आज जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

जग्गा भाडामा लिएर सयपत्री खेती

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा भोकमरी तथा कुपोषणको सङ्कट गहिरिँदै गएको छ ।

आगामी वर्ष महिला तथा बालबालिकासहित ५३ लाख मानिसलाई कुपोषणको उपचार आवश्यक पर्ने अनुमान गरिएको छ ।

आर्थिक अभावका कारण गम्भीर कुपोषणबाट प्रभावित बालबालिका तथा महिलाले समेत पर्याप्त उपचार पाउन सकेका छैनन् । काबुलस्थित इन्दिरा गान्धी बाल स्वास्थ्य संस्थानको कुपोषण उपचार कक्षका सबै २० शय्या भरिएका छन् । बिरामीको चाप बढे पनि स्रोत अभावका कारण अस्पतालले थप बिरामीलाई उपचार दिन सकेको छैन ।

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रनको योगदान गरे । ११२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे । त्यसैगरी, नेपालका दीपेन्द्रसिंह ऐरीले २७, डा. ईसान पाण्डे र गुल्शन झाले समान २१, आसिफ शेखले २० र रोहित पौडेलले १८ रन बनाए ।

त्यसैगरी, नेपालका दीपेन्द्रसिंह ऐरीले २७, डा. ईसान पाण्डे र गुल्शन झाले समान २१, आसिफ शेखले २० र रोहित पौडेलले १८ रन बनाए ।

यसअघि ओमनको अल अमेरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनायो । क्यानडाका लागि ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरे । सम्राले ११७ बलमा १०५ रन बनाए । यस क्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे ।









प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ७ : ५५ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा