सरकारले संसदलाई काम गर्न दिएन भनेर गलत प्रचार गरियो – लालबाबु पण्डित (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारले संसदलाई काम गर्न दिएन भनेर गलत प्रचार गरियो – लालबाबु पण्डित (भिडियोसहित)


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले सांसद लालवावु पण्डितले सरकारले संसदलाई काम गर्न नदिएको भनेर गलत प्रचार गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विषेश समय लिएर बोल्दै सांसद पण्डितले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएपनि कुनै पनि विधेयक पारित हुन नसकेको तर त्यसको अपजश सरकारलाई दिन नहुने बताए ।

‘अहिले संसदभित्र ६५ वटा विधेयकहरु रहेका छन् । कतियप सन्धी सम्झौताहरु अनुमोदनका लागि पर्खिरहेका छन् । नेपालको नागरिकता विधेयकका रुपमा समितिमा छ । सवा लाख भन्दा बढि नागरिकता पाउन युवाहरु कराइरहेका छन र आँशू झारिरहेका छन । निजामति विधेयक, विभिन्न समितिले रिपोर्टसहित संसदमा विधेयकहरु पठाएका छन् । सरकारले ल्याएको विधेयक, सन्धि सम्झौता अनुमोदनका निम्ति ल्याएको काम होइन ?’ उनले प्रश्न गर्दै भने, ‘जानकारीको अभाव हो भने विधेयक शाखामा गएर हेर्नूस् ।’

हेरौँ भिडियो

अहिले संसदीय प्रणाली नै असफल बनाउनेहरुले सरकारले संसदलाई काम नदिएको भन्दै प्रचार गरेको दाबी गरे । उनले भने,‘ संसदीय प्रणाली नै काम लाग्दैन भन्ने ठान्नेहरु, आस्था र विश्वास कम भएकाहरु र व्यवस्था असफल बनाएर संविधान समाप्त पार्न चाहनेहरुले संसदलाई काम दिएन भनेर भन्नेहरुलाई के भन्ने ? सरकारले काम नदिएको भन्ने वा संसदसँग काम छ भनेर भन्ने ?’

संसदले काम गर्न नसकेको अहिलेको अबस्थाका जिम्मा सभामुखले समेत जिम्मा लिनुपर्ने बताए । उनले भने,‘संसदले काम गर्न सकिरहेको छैन । सभामुखजीको विषेश भूमिकाको आवश्यकता छ । संसदीय यवस्थामाथि प्रश्न उठ्छ भने संसदले काम गर्न सकने भने प्रश्न उठ्छ भने संसदका पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ ।’

सभामुखले सकारात्मक पहल नगरे त्यसको अपजश लिन समेत तयार हुन उनको चुनौती दिए ।

उनले भने,‘संसदमा आएका प्रस्तावलाई अघि बढाउने, विधेयकहरु अघि बढाउने काममा कुन राजनीतिक दलले रोकेको छ ? प्रधानमन्त्री मन्त्री वा कसले रोकेको छ ? मैले त बाधा अवरोधहरु मैले थाहा पाएको छैन । यदी छन भने संसदलाई जानकारी हुनुपर्छ । एकतर्फी रुपमा संसदको काम छैन, सरकारले काम दिएन, जनताका समस्या सरकार र संसदले बुझ्न सकेन भन्ने हो भने पूर्वाग्रहभन्दा केही हुँदैन । सभामुखबाट कुशलतापूर्वक अगुवाई भएन भने सांसद र सरकारका मन्त्रीलाई दोष दिएर यो देशले उम्किन पाउने स्थिती हुँदैन ।’ संसदमा आएका विधेयकहरु अघि बढाउन, सन्धि सम्झौताहरु अघि बढाउन समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  २ : ३२ बजे

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण

आजका समाचार : च्यासलमा ओली-भण्डारी वार्ता, एमाले ‘कुलिङ पिरियड’विरुद्ध जाँदा शेखरको आक्रोश र सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री एवम् नेकपा एमालेका